सूचनाको शक्ति - The Power Of Information

        

बत्ती बालेर सुत्ने बानीले निम्तिन्छन् यस्ता समस्या

के तपाई पनि बत्ती बालेर नै सुत्ने गर्नुहुन्छ ? होस गर्नुहोस् एक अध्ययनमा भनिएको छ कि रातिको समयमा बत्ती बालेर सुत्नाले हाम्रो स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । यद्यपि, सुत्ने समयमा बत्ती निभाउनु सामान्य वाक्यांश नै हो । बत्ती बन्द गर सुत्नु प¥यो भन्ने भनाइ पनि धेरैको मुखबाट सुन्ने गरिन्छ ।

डिप्रेसन – बत्ती बालेर सुत्नुलाई डिप्रेसनसँग जोडिएको छ । इलेक्ट्रोनिक उपकरणहरूबाट निस्किएको निलो प्रकाशले तपाईंको मुडमा सबैभन्दा खराब प्रभाव पार्न सक्छ । निन्द्राको कमीले पनि चिडचिडापन निम्त्याउन सक्छ । पर्याप्त निद्रा नपुगेका बालबालिका बढी हाइपरएक्टिभ हुन सक्छन् ।

मोटोपना – महिलाहरूमा गरिएको एउटा अध्ययनले टिभी वा बत्ती बालेर सुत्नेहरूमा मोटोपना बढी हुने गरेको पाइएको छ । अध्ययन सहभागीहरूले पनि १७ प्रतिशतले १ वर्षमा लगभग ११ पाउन्ड मोटोपना बढेको थियो ।

दुर्घटनाहरू – पर्याप्त गुणस्तरीय निद्रा नपाउँदा अर्को दिन तपाईँलाई कम सतर्क बनाउँछ । यदि तपाईँ कार वा अन्य प्रकारको मेसिनरी चलाउनुहुन्छ भने यो विशेष गरी खतरनाक हुन सक्छ ।

दीर्घकालीन रोगहरूको जोखिम बढ्छ – यदि प्रकाशले लामो समयसम्म तपाईँको निद्रामा बाधा पु¥याइरह्यो भने दीर्घकालीन रोगहरूको जोखिम बढ्छ । करिब एक लाख चिनियाँ वयस्कहरूमा गरिएको अध्ययनले राति बत्ती बालेर सुत्दा मधुमेह हुने जोखिम रहेको बताएको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार ०९:५०

लोकप्रिय