चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी भदौमा हुने भएको छ । चकित्सा शिक्षा आयोगले स्नातक तहको परीक्षाका लागि योग्यता पुगेका इच्छुक विद्यार्थीले आज (बुधबार)देखि आवेदन दिन सक्ने जनाएको छ ।
आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले आयोगले स्नातक तहको परीक्षाका लागि योग्यता पुगेका इच्छुक विद्यार्थीले आजदेखि असार १८ गतेसम्म आवेदन दिन सक्ने जानकारी दिए ।
आयोगका अनुसार एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बीएस्सी मिडवाइफ्री, बीएएमएस, बी फार्मालगायतका स्नातक तहका विषयमा आवेदन दिन सकिने छ । सो अवधिमा आवेदन दिन छुटेकाले असार १८ देखि २५ असारसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं