सूचनाको शक्ति - The Power Of Information

        

वर्षाले खेल रद्द भएपछि नेपाल र श्रीलंकाले अंक बाँडे

वर्षाका कारण खेल रद्द भएपछि आइसीसी टी–२० विश्वकपमा नेपाल र श्रीलंकाले अंक बाँडेका छन् । अमेरिकाको फ्लोरिडामा हुने खेल वर्षाका कारण रद्द भएको हो । योसँगै दुबै टोलीले समान १–१ अंक बाँडेका छन् ।

मंगलबार रातीदेखि नै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो । नेपाल र श्रीलंका दुबै खेलाडीले समर्थकलाई धन्यावाद दिएका छन् । नेपाली समर्थकको रंगशालामा बाक्लो उपस्थीति थियो ।

आइसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजरभ डे राखिएको छ । त्यसैले आज खेल हुन नसक्ने अवस्थापछि दुबै टोलीले १–१ अंक बाँडेका हुन् । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

उता श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । नेपालले अव सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग शनिबार र सोमबार बंगलादेशसँग खेल्ने । समूह डी बाट शीर्ष दुईमा रहँदै सुपर–८ मा पुग्न बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ ।

समूह डी मा दक्षिण अफ्रिका सुरुवाती ३ खेलमा ६ अंकका साथ सुपर ८ मा पुगी सकेको छ । बंगलादेश र नेदरल्यान्ड्सको समान २ खेलमा १ मा जित र १ मा हारसहित २–२ अंक छ । नेटरनरेटका कारण बंगलादेश दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् । नेपाल २ खेलमा १ अंकका साथ चौथो स्थानमा छन् । श्रीलंका ३ खेलमा १ अंकका साथ पुछारमा छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार ०६:४४

लोकप्रिय