सूचनाको शक्ति - The Power Of Information

        

आइसीसी टी-२० विश्वकप

वर्षाका कारण पछि धकेलियो नेपाल र श्रीलंकाबीचको खेल

विश्वकप क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो ।

आइसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण केही ढिला सुरु हुने भएको छ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रगंशालामा सबा ५ बजे सुरु हुने भनिएको खेलमा ओसिलो मैदानका कारण अहिलेसम्म टस समेत हुन सकेको छैन ।

गएरातिको वर्षाका कारण मैदान पुरै भिजेकाले अहिले पानी सुकाउने कार्य भैरहेको छ । सिनियर क्रिकेटमा नेपाल र श्रीलंका पहिलो पटक भिड्न लागेका हुन् । नेपाली टोली आजको खेलमा श्रीलंकालाई पराजित गर्दै सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

यता श्रीलंका पनि नेपाललाई हराउँदै सुपर ८ सम्भावना जिवित राख्ने योजनामा हुनेछ । नेपालसँग पराजित भए श्रीलंका विश्वकपको सुपर ८ को दौडबाट बाहिरिनेछ । विश्वकपको समूह ‘डी’ मा रहेका पाँचै टोलीको सुपर ८ मा पुग्ने सम्भावना खुला छ ।

विश्वकप क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो । श्रीलंका भने तेस्रो खेल खेल्दैछ । यो समूहमा तीन खेलमा अपराजित रहेको दक्षिण अफ्रिका ६ अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ ।

एक खेलमा जित र एक खेलमा हार भोगेको बंगलादेश २ अंकमा दोस्रो र समान खेल र नतिजाबाट नेदरल्यान्डस् तेस्रो स्थानमा छ । एक खेलमा हार भोगेको नेपाल चौथो र दुई खेलमा पराजित श्रीलंका अंक तालिकाको पुछारमा छ ।

नेपाल पहिलो खेल नेदरल्यान्डस्सँग ६ विकेटले पराजित भएको थियो । श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशसँग २ विकेटको हार व्यहोरेको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार ०५:३४

लोकप्रिय