तनहुँको आँबुखैरेनी गाउँपालिकामा कार्यरत पवन नेपाली चित्रकलामा पोख्त छन् । फुर्सदको समयलाई सदुपयोग गर्दै उनी चित्र बनाइरहन्छन् । गाउँपालिकाले यहाँका विद्यालयमा सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत चित्र बनाउने सीप सिकाउने प्रशिक्षकसमेत हुन् नेपाली ।
विगतमा फुर्सदको समयलाई सदुपयोग गर्दै चित्रकला बनाउँदै आएकामा पछिल्लो समय पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत आँबुखैरेनी–१ स्थित मित्रता माध्यमिक विद्यालयका २० जना विद्यार्थीलाई चित्रकलाको सीप सिकाउन थालेको उनले बताए ।
‘चित्र बनाउने पहिल्यैदेखिको सोख हो, अहिले सिकेको सीप गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई सिकाउन पाउँदा निकै खुसी छु । यसले आम्दानी गर्न पनि सहज भएको छ,’ नेपालीले भने । नेपालीले ढुङ्गा, पीपलको बोट, नाङ्लोमा चित्र कोरिसकेका छन् ।
एसएलसी दिएपछि नै चित्रकला सुरु गरेका उनले विगत १५ वर्षदेखि यसलाई निरन्तरता दिएको सुनाए । ‘पहिलेदेखि नै अलिअलि चित्र कोर्ने काम गर्थे तर अलि बढी सक्रिय हुन थालेको १५ वर्ष भयो । सुरुमा त खासै केही लाग्थेन, अहिले भने चित्र बनाउन पाइन भने नराम्रो लाग्छ, यसबाट आनन्दित छु, आम्दानीको स्रोत पनि भइरहेको छ चित्रकला,’ उनी भन्छन् ।
पहिले शिक्षण पेसामा आबद्ध उनी हाल आँबुखैरेनी गाउँपालिकामा कार्यरत छन् तर फुर्सदको समयमा विद्यालयका बालबालिकालाई सिकाउने र घरमा समेत चित्रकोर्ने गर्छन् । उनले पछिल्लो पटक आँबुखैरेनी गाउँपालिका–१ स्थित अकला मन्दिर परिसरमा रहेको पीपलको बोटमा बनाएको गणेशको आकृतिले निकै चर्चा कमाएको छ ।
पर्यटकीय तथा धार्मिक क्षेत्र अकलालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित रुखमा गणेश आकृति कोरेको उनी बताउछन् । उनले अगाडि थपे, ‘धार्मिक पर्यटकीयस्थल अकला मन्दिर परिसरमा रहेका रुखलाई कसरी आकर्षक बनाउन सकिन्छ भनेर सोच्दा गणेशको आकृति बनाउने सोच आयो । यत्तिकै रहेको रुखलाई सिँगार्ने काम गरेको हुँ । अहिले धेरैले मन पराएको देख्दा खुसी लागेको छ ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । तनहुँ