सूचनाको शक्ति - The Power Of Information

        

क्षमता विकासका लागि चापाकोटमा उद्घोषण तालिम

Exif_JPEG_420

स्याङ्जाको चापाकोट नगरपालिका–९ सिटीहलमा तीन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । चापाकोट नगरपालिका वडा नम्बर ९ को आयोजनामा जेठ २६ गतेदेखि सञ्चालित तीन दिने उद्घोषण तालिम सोमबार सम्पन्न भएको हो । तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नगरपालिका प्रमुख देबबहादुर खाण (ईश्वर)ले महिलाहरूको क्षमता विकासमा यस्ता खालका तालिम प्रभावकारी बन्ने बताए ।

महिलाहरूमा बोल्ने कलाको विकास गर्दै कुनै पनि क्षेत्रमा सफल रुपमा नेतृत्व लिन सक्ने बनाउन तालिमले सहयोग पुग्ने बताउँदै तालिममा सिकेका सीपको सदुपयोग गर्दै भोलिका दिनमा विभिन्न क्षेत्रमा आफूलाई अब्बलरुपमा उभ्याउन सकियोस् भन्दै सहभागीलाई शुभकामना दिए । उनले पालिकाले समेत महिलाको क्षेत्रमा निरन्तर कामगर्ने र महिलालाई विभिन्न प्रकारका सीप प्रदान गर्दै दक्ष र आत्मनिर्भर बनाउन लाग्ने बताए ।

Exif_JPEG_420

समापन कार्यक्रममा बोल्दै चापाकोट नगरपालिका ९ का वडाध्यक्ष कृष्ण सुवेदीले महिलाको क्षमता विकास गर्ने उद्देश्यले उद्घोषण तालिमको आयोजना गरिएको बताए । आफ्नो कार्यकालमा महिलाहरूलाई क्षमतावान बनाउन, विभिन्न सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउन कुनै कसर बाँकी नराखी काम गर्ने समेत वडाध्यक्ष सुवेदीले बताए । तालिमको समापन कार्यक्रममा वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।

सात दिनसम्म वडा नम्बर ९ को सिटीहल भवनको हलमा भएको उद्घोषण तालिममा वडाभित्र रहेका विभिन्न टोलका गरी करिब ८० जना महिलाहरूको सहभागिता थियो । तीन दिने तालिममा वालिङ टेलिभिजनका समाचार बाचक गोपाल जिटी र वालिङमा रहेको रेडियो आधिखोलाकी समाचार बाचिका कला रानाले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलवार १६:४५

लोकप्रिय