सूचनाको शक्ति - The Power Of Information

        

किन बन्द हुँदैछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ?

सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द गरिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयद्वारा जारी सूचना अनुसार दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि विमानस्थल बन्द गर्न लागिएको हो ।

अपराह्न १ बजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरूको सहभागितामा विमानस्थल सङ्कटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासहरू मध्ये विमानस्थलमा विमान दुर्घटना सम्बन्धी पूर्णकालीन अभ्यास हुनेछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार १०:४०

लोकप्रिय