सूचनाको शक्ति - The Power Of Information

        

साहित्य : आलिङ्गनको मात बिना

भलाकुसारी पनि पातलिँदै गा’छ, मन किन कुन्नी धमिलो भा’छ ?

प्रिय तिम्रो साथ बिना छ शहर खाली खाली,
आलिङ्गनको मात बिना छ शहर खाली खाली,

चटक्कै माया मार्यौ क्यारे प्यारा देख्नै छोडे सपनीमा पनि,
कल्पनाको खात बिना छ नजर खाली खाली,
आलिङ्गनको मात बिना छ शहर खाली खाली,

भलाकुसारी पनि पातलिँदै गा’छ, मन किन कुन्नी धमिलो भा’छ ?
आत्म सन्तुष्टी दिने संवाद बिना छ पहर खाली खाली,
आलिङ्गनको मात बिना छ शहर खाली खाली,

हरक्षण देखभेटको आशा लाग्थ्यो भेटै नहुने स्थितिमा पनि,
दर्शनका तिम्रा बात बिना छ शहर खाली खाली,
आलिङ्गनको गाथ बिना छ शहर खाली खाली,
प्रिय तिम्रो साथ बिना छ शहर खाली खाली ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार १०:१७

लोकप्रिय