सूचनाको शक्ति - The Power Of Information

        

तीन प्रदेशमा वर्षाको सम्भावना

अहिले देशको पहाडी भूभागमा आंशिक बदली भई कोशी प्रदेशको केही स्थानमा हल्का वर्षा भइरहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।

सोमबार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, राति कोशी, कर्णाली र सुदूरपश्चिम लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीका साथै बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा राति पनि वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार ०७:२८

लोकप्रिय