सूचनाको शक्ति - The Power Of Information

        

फिटकिरी पानीले पोछा लगाउँदा हुन्छन् फाइदै फाइदा

वास्तुशास्त्रमा कयौं त्यस्ता सामग्री र प्रयोगका बारेमा बताइएको छ । जसले घरको नकारात्मकता भगाउने काम गर्छ । फिटकिरीको प्रयोग वास्तुशास्त्र अनुसार विभिन्न प्रकारले प्रयोग गरिन्छ ।

यसैगरी घरमा फिटकिरी पानीले पोछा लगाउँदा पनि कयौं लाभ पाउन सकिन्छ । आउनुहोस् ज्योतिषाचार्यबाट फिटकिरी पानीले पोछा लगाउँदा के हुन्छ जानौं ।

– फिटकिरी पानीले पोछा लगाउँदा घरमा भएको नकारात्मकता नष्ट हुन्छ । यसले घरको शुद्धिकरण हुन्छ र सकारात्मकता आउँछ ।

– यदी तपाईं आर्थिक समस्यामा हुनुहुन्छ भने पनि पोछा लगाउने पाउनीमा थोरै फिटकिरी मिसाउनुहोस् । यसले तपाईंलाई आर्थिक समस्याबाट छुट्कारा दिलाउनेछ ।

– यदी तपाईंको व्यापारमा लगातार घाटा भएरहेको छ भने आफ्नो व्यापार व्यवसाय भएको स्थानमा दैनिक फिटकिरी पानीले पोछा लगाउनुहोस् । यसले तपाईंलाई व्यवसायमा पनि फाइदा हुनेछ ।

– यदी तपाईंको घरमा सधैं कलेश तथा झै-झगडा भइरहन्छ भने तपाईंले घरमा दैनिक रुपमा फिटकिरी पानीले पोछा लगाउनु पर्दछ । यसले घरमा सुख शान्ति आउँछ ।

– वास्तु दोषका कारण घरमा कैयौं प्रकारका समस्या आउँछन् । यसले घरको प्रगति पनि रोकिन्छ । यस्तोमा दैनिक फिटकिरीको पानीले पोछा लगाउनुहोस्, वास्तुदोषबाट छुट्कारा पाउनुहुनेछ ।

– यदी तपाईंलाई वा परिवारका सदस्यलाई पटक पटक नराम्रो सपना आउने गर्छ भने यसको पछाडि घरमा भएको नकारात्मकता हुन सक्छ । यस्तोमा नराम्रो सपनाबाट मुक्ति पाउनका लागि पनि फिटकिरी पानीले पोछा लगाउन सकिन्छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतवार ११:३०

लोकप्रिय