सूचनाको शक्ति - The Power Of Information

        

उच्च रेकर्ड तोड्दै सुनको मूल्य एकैदिन चार हजार घट्यो

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला चार हजार रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतवार ११:१०