सूचनाको शक्ति - The Power Of Information

        

प्लास्टिकको भाँडोमा नुन राख्दा घरमा दरिद्रता

ज्योतिष शास्त्र अनुसार नुनलाई कहिल्यै पनि प्लास्टिकको भाँडोमा राख्नुहुँदैन । ज्योतिष शाास्त्रमा नुनलाई चन्द्र सूर्यको कारक मानिन्छ । नुनलाई राहुको कारक पनि मानिन्छ । यसले अचानक धनको लाभ गराउँछ । त्यसैले यसलाई प्लास्टिकको भाडामा राखे घरमा दरिद्रता भित्रिन्छ ।

नुनलाई सफा सिसा वा माटोको भाँडोमा राख्नुपर्छ यसरी सफा गरी राखेको नुनमा एक टुक्रा दालचिनी राखिदिने हो भने नुनलाई जता राख्दा पनि हुन्छ । त्यसैले, नुनलाई प्लास्टिक, फलाम र स्टिलको भाँडोमा राख्नुहुँदैन । नत्र घरमा आर्थिक समस्या छ, आउनुपर्ने ठाउँबाट पैसा पनि आएको छैन भने यो उपाय अपनाउनु होला ।

किनभने स्टिल फलामलाई शनि मानिन्छ भने नुनलाई राहु मानिन्छ यसरी नुन राख्दा दुख र कष्टको कारक मानिन्छ । अचानक भय, दुर्घटना हुन्छ । यसको बढी प्रभाव भनेको साँझ परेपछि घरमा नराम्रो हुन्छ । काम गर्दा गर्दा नुन भुँइमा खस्यो भने त्यसलाई अशुभ मानिन्छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतवार ०९:४५

लोकप्रिय