सूचनाको शक्ति - The Power Of Information

        

मोबाइलमा ‘टपअप’मार्फत रिचार्ज गर्नेको संख्या बढ्यो

‘डिजिटल’ माध्यमबाट रिचार्ज गर्ने प्रचलन व्यापक बन्दै गए पनि विदेशबाट करोडौं रुपैयाँको रिचार्ज कार्डको आयातमा करोडौं रुपैयाँ बाहिरिने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०–०८१ को १० महिनाको अवधिमा १ करोड ४१ लाख रुपैयाँभन्दा बढीको रिचार्ज कार्ड आयात भएको हो ।

यस अवधिमा २४ हजार ५४३ वटा रिचार्ज कार्ड आयात भएको तथ्याङ्कमा देखिएको छ । यी कार्ड आयात हुँदा ४८ लाख ८३ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । यद्यपि, गत आर्थिक वर्षको यही अवधिको तुलनामा भने रिचार्ज कार्डको आयात घटेको देखिएको छ । पछिल्लो समय दर्जन हाराहारी मोबाइल वालेट छन् ।

यस्तै सबैजसो बैंकबाट समेत मोबाइलमा रिचार्ज गर्न मिल्छ । बैङ्कहरूले आफ्नो सेवाग्राहीका लागि सञ्चालनमा ल्याएको ‘मोबाइल एप’मा ‘टपअप’को सुविधा राख्छन् । जसबाट प्रयोगकर्ताले रिचार्ज नै किन्नुपर्ने बाध्यता घटेको छ ।

यही कारण गत आर्थिक वर्ष २०७९–०८० को १० महिना (वैशाखदेखि साउन) सम्मको अवधिमा ६ करोड ६९ लाख रुपैयाँभन्दा बढीको रिचार्ज कार्ड आयात भएको थियो । सो अवधिमा १ लाख २९ हजार वटा रिचार्ज कार्ड भित्रिएको थियो । तथ्यांकअनुसार ५ करोड २८ लाख रुपैयाँले आयात घटेको छ । यस्तै यस अवधिमा १ लाख ५ हजारभन्दा बढीले रिचार्ज कार्डको आयात घटेको देखिएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार १५:३५

लोकप्रिय