रुकुम पश्चिमबाट सात वर्षका जुम्ल्याहा छोरासहित एक महिला बेपत्ता भएकी छन् । जिल्लाको बाँफिकोट गाउँपालिका–८ निवासी २४ वर्षीया अंकीता केसी नाथ जुम्ल्याहा छोरा कुशल र किस्मत नाथसहित बेपत्ता भएकी हुन् । सात वर्षका जुम्ल्याहा छोरासहित अंकीता गत जेठ १३ गतेदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार घरबाट जिल्ला अस्पताल सल्लेमा चेकजाँचका लागि भन्दै हिँडेकी खत्री हालसम्म परिवारको सम्पर्कमा नआएपछि खोजी कार्यका लागि निवेदन प्राप्त भएको छ । खत्रीका ससुवा हरिबहादुर नाथले बुहारी र नातीहरुको खोजीकार्यको मागसहित प्रहरीमा निवेदन दिएका हुन् ।
बेपत्ता खत्रीका श्रीमान् वैदेशिक रोजगारीको लागि देश बाहिर थिए । श्रीमती र छोरा बेपत्ता भएको खबरपछि उनी पनि नेपाल फर्किएका छन् । प्रहरी निरीक्षक शाहीले सबैतिर हुलिया परिपत्र गरिएको बताए । घरपरिवारबाट सम्पर्कबिहीन आमाछोरालाई देख्ने वा भेट्नले नजिकैको प्रहरी चौकी वा आफन्तलाई सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । रुकुम पश्चिम