सूचनाको शक्ति - The Power Of Information

        

इन्डोनेसियाको माउन्ट ईबू फेरि विस्फोट

इन्डोनेसियाको हलमाहेरा टापुमा रहेको ईबू ज्वालामुखी फेरि विस्फोट भएको छ । ज्वालामुखीबाट निस्किएको खरानी एक हजार मिटरसम्म उचाइमा पुगेको थियो । विस्फोट दुई मिनेटभन्दा बढी समयसम्म भएको थियो ।

विष्फोटले बाक्लो, खैरो खरानी र कालो बादल उत्तरपश्चिममा उत्सर्जन गरेको छ । एक हप्ताभित्र ज्वालामुखीको पाँचौं विष्फोट हो । प्यासिफिक रिङ अफ फायरमा अवस्थित इन्डोनेसियामा विश्वका धेरै ज्वालामुखीहरू छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार १४:३०

लोकप्रिय