नेपालले आर्थिक वर्ष २०५४–०५५ देखि सिधा व्यापार सुरु गरेको दक्षिण एसियाली मुलुक बंगलादेशसँग व्यापार घाटा बढ्दो क्रममा छ । कुनै समय रु पाँच अर्बभन्दा बढीको मालसामान बंगलादेश निर्यात गरेको नेपाल अहिले केही करोडमै सीमित हुन पुगेको छ ।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकडभिट्टाका निमित्त प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल—बंगलादेशबीचको व्यापार पछिल्लो एक दशकयता निरन्तर खुम्चिँदो अवस्थामा छ । आव २०७०–०७१ सम्ममा द्विपक्षीय व्यापारमा आयात कम र निर्यात बढी हुने गरेकामा हाल निर्यातको अवस्था झरेको छ ।
मेची भन्सार कार्यालय काकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलले चालु आवको वैशाख मसान्तसम्म बंगलादेश निर्यात रु २३ करोड ७४ लाख ३९ हजार हुँदा आयात रु तीन अर्ब १७ करोड ९९ लाख बढी भएको छ । उनका अनुसार आव २०७८–०७९ मा नेपालले बंगलादेशबाट पछिल्लो दशककै सबैभन्दा बढी आयात गरेको थियो ।
त्यस वर्ष आयात रु ११ अर्बभन्दा बढी हुँदा निर्यात भने रु ६३ करोडमै सीमित हुन पुगेको थियो । गोदाम व्यवस्था कम्पनीको तथ्यांकअनुसार द्विपक्षीय व्यापारको पछिल्लो २६ वर्षमा १० वर्षयता नेपालबाट हुने निर्यात बंगलादेशबाट हुने आयातको तुलनामा बढी देखिन्छ । आव २०७१–०७२ देखि नेपालबाट निर्यात कम र बङ्गलादेशबाट आयात निरन्तर बढिरहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । भद्रपुर