सूचनाको शक्ति - The Power Of Information

        

डेनमार्कका प्रधानमन्त्रीमाथि बीच सडकमै कुटपिट

डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि आक्रमण भएको छ । डेनमार्कको राजधानी कोपेनहेगनको बीच सडकमा एक व्यक्तिले प्रधानमन्त्री मेटेलाई कुटपिट गरेका हुन् । त्यहाँको प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएको हो । यद्यपी कुटपिट गर्ने व्यक्ति पक्राउ परिसकेका जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार, कोपेनहेगनको कल्चरभेटमा प्रधानमन्त्री मेटे फ्रेडरिकसनलाई एक व्यक्तिले आक्रमण गरेको थियो । आक्रमणकारी पक्राउ परेका छन् । यो घटनाबाट प्रधानमन्त्री स्तब्ध भएकी छन् ।’ आक्रमणकारीमाथि सोधपुछ भइरहेको तर आक्रमणको कारण खुल्न नसकेको डेनमार्क प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार १०:२८

लोकप्रिय