सूचनाको शक्ति - The Power Of Information

        

भारतमा कस्तो बन्दैछ नयाँ सरकार ?

भारतीय लोकसभा (संसद्)मा अल्पमतमा रहे पनि नयाँ सरकारमा भारतीय जनता पार्टी (भाजपा)को पुरानो हैसियत कायम रहनेछ । सत्ता गठबन्धन एनडीएका घटक दलहरूको बैठकबाट यस्तै संकेत प्राप्त भएको भारतीय अनलाइन पत्रिका अमरउजालाले जनाएको छ ।

क्त पत्रिकाका अनुसार भाजपा अध्यक्ष जेपी नड्डाको निवासमा वरिष्ठ नेता अमित शाहको उपस्थितिमा भएको एनडीए बैठकमा टीडीपीलाई तीन, जेडीयूलाई दुई र एलजेपी, एनसीपी, शिवसेना, जनतालाई एक–एक मन्त्री पद दिने सहमति भएको छ ।

शाहले प्रमुख दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । जेडीयूसँग भएको बैठकमा बिहारका मुख्यमन्त्री नितिश कुमारका अलावा सञ्जय झा र ललन सिंह पनि उपस्थित थिए । चन्द्रबाबु नायडूसँग दुई सांसद पनि थिए भने अजित पवारसँगै प्रफुल्ल पटेल पनि थिए । पवन कल्याण र चिराग पासवानसँग छुट्टाछुट्टै भेटे ।

स्रोतका अनुसार टीडीपीका लागि एक क्याबिनेट र दुई राज्यमन्त्री र जेडीयूका लागि एक क्याबिनेट र एक राज्यमन्त्रीको प्रस्तावमा सहमति भएको छ । एलजेपी, शिवसेना र एनसीपीले एक–एक जना क्याबिनेट मन्त्री पाउनेछन् । यसबाहेक जनकल्याण पार्टीलगायत साना दलले एक–एक राज्यमन्त्री पाउनेछन् । मन्त्रालयको टुंगो भने आइतबार शपथ खाने दिन वा पछि लगाइने बताइएको छ ।

आज साना दलहरूसँग छलफल

पार्टी नेतृत्वले सन्तुलन कायम गर्न र एकता कायम गर्न साना दलका नेताहरूसँग शनिबार (आज) बैठक गर्नेछ । स्रोतका अनुसार नयाँ सरकारमा प्रदेशको राजनीतिक अवस्थालाई विशेष ध्यान दिइएको छ । मन्त्रिपरिषद्मा एउटा मात्र सिट भएका दलले पनि मौका पाउन सक्छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार ०८:२६

लोकप्रिय