सूचनाको शक्ति - The Power Of Information

        

अकबरे खुर्सानीका यतिधेरै फाइदा

अकबरे नेपालमा खेती गरिने एक प्रकारको खुर्सानी हो । यो खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि पनि चिनिन्छ । आवश्यकताभन्दा बढी खाएमा ज्यान समेत जाने हुनाले पहाडतिर यसलाई ज्यानमारा खुर्सानी भनिएको हो ।

यो खुर्सानी काँचो ,पाकेको, सुकेको र अचार हालेको जुन हिसाबले पनि खान सकिन्छ । यो खुर्सानी सलादमा मिसाएर खाना सकिन्छ । त्यस्तै स्पाइसी ड्रिक भनेर हार्ड ड्रिङ्कमा समेत मिसाएर खान थालिएको छ ।

यस्ता छन् अकबरे खुर्सानी खानुका फाइदा

– खाना पचाउने काममा विशेष सहयोग पुर्‍याएको हुन्छ ।

– माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ ।

– नियमित यो खुर्सानी सेवन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ ।

– अकबरे खुर्सानीले रगतमा चिनीको मात्रा घटाउनुका साथै यसले हाडजोर्नी लगायतका दुखाइ पनि कम गर्छ  ।

– अकबरे खुर्सानीको नियमित सेवन गर्ने हो भने पेटमा हुने ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगहरू निको हुन्छ ।

– अकबरे खुर्सानी नियमित सेवन गर्दा यसले मोटोपना घटाउन मद्दत गर्छ ।

– अकबरे खुर्सानीमा क्याप्सिसिन पाइन्छ । जसका कारण पेट सम्बन्धिमात्र होइन अन्य रोगीलाई समेत फाइदा पुर्‍याउँछ ।

– अकबरे खुर्सानी प्रयोग गरेर बनाइएको परिकारमा कीटाणुको सङ्क्रमण कम हुन्छ । यसको सेवनबाट पिसाबको बिरामीलाई समेत फाइदा पुग्छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार ०८:००

लोकप्रिय