सूचनाको शक्ति - The Power Of Information

        

बन्दना राणा राष्ट्रसङ्घीय समितिको सदस्य निर्वाचित

महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिला विरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा बन्दना राणा निर्वाचित भएकी छन् ।

गएराति अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा नेपालको तर्फबाट दोस्रो पटक सदस्य निर्वाचित भएकी हुन् । उनी १४६ मत प्राप्त गरेर सदस्य बनेकी हुन् । राणाले आगामी सन् २०२५ देखि २०२८ सम्मका कार्यभार सम्हाल्नेछिन् ।

नेपालको तर्फबाट विजयी भएपछि राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरुले गरेको सहयोगका लागि धन्यवाद दिए । यो समितिका २३ सदस्य रहन्छन् ।

समितिले विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसङ्घमा जनाइएका प्रतिबद्धता कार्यान्वयन लगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदबारे अनुगमन गर्ने गर्छ । समितिको कार्यालय जेनेभामा रहेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार ०७:५६

लोकप्रिय