सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ । शुक्रबार सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ४५ हजार पुगेको छ ।

यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख ४४ हजार ३०० पुगेको छ ।

यसअघि बिहीबार सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ५० रुपैयाँले घटेर प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार ११:५८

लोकप्रिय