सूचनाको शक्ति - The Power Of Information

        

फोर्डका गाडी किन्ने ग्राहकलाई इन्धन निःशुल्क !

फोर्ड नेपालले नयाँ ग्राहकलाई १० वर्ष निःशुल्क इन्धन अफर गरेको छ । फोर्डको आधिकारिक विक्रेता जिओ अटोमोबाइल्सले १० वर्ष इन्धनको अफर सार्वजनिक गरेको हो ।

कम्पनीले ड्राइभिङ अनुभवलाई फरक अनुभूति दिलाउन ‘अविश्वसनीय’ अफर ल्याएको हो । फोर्ड नेपालले ग्राहकको चिन्तालाई मध्यनजर राखी खर्चको चिन्ता कम गर्न अफर ल्याएको जनाएको छ ।

‘इन्धन र त्यससँग सम्बन्धित खर्चहरूप्रति ग्राहकहरूको बढ्दो चिन्तालाई ध्यानमा राखी फोर्ड नेपालले समाधान ल्याएको छ,’ कम्पनीले भनेको छ, ‘फोर्डको सवारी साधन खरिद गर्दा १० वर्षसम्म निःशुल्क इन्धन पाउनेछन् ।’

कम्पनीले उच्च रिसेल भ्यालु, कार चार्जिङको चिन्ता नहुने, ब्याट्री परिवर्तन गर्नुपर्नेजस्ता खर्चको कुनै चिन्ता नहुने उल्लेख गरेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार ०९:०७

लोकप्रिय