सूचनाको शक्ति - The Power Of Information

        

ढाड तथा गर्धनलाई कसरी स्वस्थ राख्ने ?

आधुनिक जीवनशैली, शारीरिक कामको कमी, कार्यालयको काममा आएको वृद्धि र अत्यधिक मोबाइल प्रयोगले स्पाइनसम्बन्धी दुखाइको समस्या बढिरहेको पाइन्छ । स्पाइन शरीरको महत्वपूर्ण र संवेदनशील अंग भएकाले यसलाई स्वस्थ राख्नै पर्छ ।

विभिन्न कामले गर्दा स्पाइनमा अत्यधिक दबाब पर्न जान्छ । स्पाइनको दुखाइ खराब आसन, कमजोर मांसपेशी, कीटाणुको संंक्रमण, चोटपटक इत्यादिले गर्दा हुने मेरुदण्ड रोग विशेषज्ञ डा.उत्सव श्रेष्ठ बताउँछन् ।

स्पाइन स्वस्थ राख्ने उपाय

– ढाड तथा पेटको व्यायाम नियमित गर्नुहोस् र पौडी खेल्नु पनि स्पाइनका लागि अत्यन्त लाभदायी व्यायाम मानिन्छ ।

– बस्दा वा हिँड्दा ढाड र गर्धनलाई सीधा राख्नुहोस् ।

– कुनै पनि सामान भुईँबाट माथि उचाल्दा घुँडा र हिप जोर्नीलाई खुम्च्याउनुहोस् । यसो गर्दा ढाडलाई सकेसम्म खुम्च्याउनु हुँदैन ।

– गह्रौँ सामान उचाल्दा सही तरिकाले उचाल्नुहोस् ।

– यदि लामो समयसम्म बसिराख्नुपर्ने भएमा बीच–बीचमा ब्रेक लिनुहोस् ।

– धूम्रपान त्याग्नुहोस् ।

– तौल घटाउनुहोस् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार ०९:०१

लोकप्रिय