सूचनाको शक्ति - The Power Of Information

        

मिर्गौलामा पत्थरी के कारणले हुन्छ ? के खाने के नखाने ?

पछिल्लो समय पत्थरीको समस्या धेरैलाई देखिरहेको छ । मुख्य कुरा खाना, खाजा र पानीको राम्रोसँग ब्यालेन्स नमिल्दा यो समस्या निम्तन्छ । पत्थरी शरीरको विभिन्न भागहरूमा हुनसक्छ । जस्तै मिर्गौलामा पत्थरी, पित्त थैलीमा पत्थरी वा मुत्रथैली जहाँ पनि पत्थरी हुने डर रहन्छ । यसैमध्येको एक हो मिर्गौलामा पत्थरी ।

मिर्गौलामा उत्पन्न हुने विविध समस्यामध्ये पत्थरी पनि एउटा हो । अव्यवस्थित जीवनशैली र खानपानका कारण मिर्गौलामा पत्थरी हुने गर्छ । त्यसैले सही खानपानले पनि यस्तो पत्थरीबाट बच्न सकिन्छ । तर, पत्थरी बढ्दै गइसकेको अवस्थामा भने औषधी वा शल्यक्रिया गर्नुको विकल्प हुँदैन ।

मृगौलाले रगतलाई फिल्टर गर्दा त्यसबाट सोडियम र क्याल्सियमका अलावा अन्य मिनरल्सका अवशेष राम्रा कणहरूको रूपमा निस्किएर यूरेटरको माध्यमबाट ब्लेडरसम्म पुग्छ, जुन पिसाबसँगै शरीरबाट बाहिर निस्किन्छ । तर कहिलेकाहीँ रगतमा यी तत्त्वहरूको मात्रा बढेर गयो भने यो किड्नीमा जम्मा भएर बालुवाको कण वा ढुङ्गाको टुक्राजस्तो आकार ग्रहण गर्छ र यसबाट ब्ल्याडरसम्म पिसाब पुग्ने बाटोमा रोकावट उत्पन्न हुन्छ र पत्थरी हुन्छ ।

कस्तो खानेकुरा खाने ?

गहतले पत्थरी रोग नियन्त्रणको लागि निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । यसलाई उत्तम औषधीको रूपमा लिँदा पनि फरक पर्दैन । यसले पत्थरी हुन नदिनुका साथै भएको पत्थरीलाई पनि गलाउने काम गर्छ । जसले गर्दा मिर्गौलामा बनेको पत्थरी सहजै बाहिरिन्छ । भुईँकटहरको जुसले पनि पत्थरीको बिरामीलाई राहत मिल्छ ।

यसमा पत्थरीलाई गाल्ने इञ्जाइम हुन्छन् । पत्थरी भएका व्यक्तिले साबिकको भन्दा बढी पानी पिउनु जरुरी हुन्छ । बढी पानी पिउँदा पिसाबको मात्रा पनि बढ्छ । र, यसले मिर्गौलामा बनेको पत्थरलाई बगाएर फ्याँक्न मद्दत गर्छ । यस्तै पत्थरी भएमा नरिवल पानी निकै लाभदायक मानिन्छ । नरिवलको पानीमा पत्थर बन्न रोक्ने र बढ्न नदिने गुण हुन्छ ।

यति मात्रा नभएर बनिसकेको पत्थरलाई समेत हटाउने विशेष रसायन नरिवलको पानीमा हुन्छ । यसमा प्रशस्त प्राकृतिक पोटासियम पाइने भएकाले यसले मिर्गौलामा पत्थरी बन्ने प्रक्रियालाई रोक्ने काम गर्छ । गाजरबाट पायरोफा स्फेट र वनस्पतीय अम्ल प्राप्त हुन्छ । यसले पनि पत्थरी बन्ने प्रक्रियालाई रोक्ने काम गर्छ ।

यसका साथै गाजरमा पाइने केरोटिन नामक पदार्थले मूत्रनलीमा हुने घाउ निको पार्नको लागि पनि मद्दत पुर्याउँछ । पत्थरी भएका मानिसले हरियो मकैको चिया पिउँदा पनि फाइदा हुन्छ । यस्तो मकैमा प्रोटीन, कार्बोहाइड्रेट्स, भिटामिन र मिनिरल्सको मात्रा प्रशस्त हुन्छ । जसले मूत्र उत्सर्जनलाई पनि बढाउने काम गर्छ ।

त्यस्तै, यो चियामा टाट्रेट्स नामक तत्व पनि हुन्छ । जसले पत्थरी बन्ने क्रियालाई रोक्ने काम गर्छ । मकैको चियाले मिर्गौलाको इन्फेक्सन कम गर्न र मुत्रथैलीलाई सशक्त बनाउनको लागि पनि मद्दत गर्छ । तपाईँलाई थाहा नहुन सक्छ कि पत्थरीका बिरामीलाई केराले पनि फाइदा पुर्याउने गर्छ । केरामा भिटामिन ९ र बी ६ पाइन्छ ।

जसले अक्जलिक एसिडलाई तोडेर आक्जेलेट क्रिस्टल बन्नबाट बचाउँछ । जसले गर्दा पत्थरीको समस्याले भयावह रूप लिन पाउँदैन । कागती भिटामिन सी को निकै राम्रो स्रोत हो । यसबाट सिट्रेट नामक तत्व पनि प्रशस्त मात्रामा पाइन्छ । जुन अम्लले क्याल्सियम अक्जलेट पत्थरी हुनबाट बचाउने काम गर्छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार ०७:२१

लोकप्रिय