अर्थमन्त्री वर्षमान पुनले सुनमा भन्सार महसुल वृद्धि गरेका छन् । अर्थ मन्त्रालयले सुनमा भन्सार महसुल बढाएर २० प्रतिशत पुर्याएको छ । सुनको भन्सारमा वृद्धि हुँदा तस्करीलाई मार्जिन बढ्ने देखिएको छ ।
सुन तस्करले १ तोला (११.६६ ग्राम) सुनमा २८ हजार ४०० मार्जिन बस्नेछ । जसमा एक किलो सुन तस्करी भएर आउँदा २४ लाख ३५ हजार मार्जिन बस्नेछ । भन्सार महसुल बढ्दा सुन व्यवसायमा गम्भीर असर परेको सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।
उनले सरकारले सुन व्यवसायलाई बुझ्नै नसकेको गुनासो गरे । उनले सुनको मूल्यमा भन्सार थप हुँदा आन्तरिक बजार मात्रै नभएर गहना निर्यात ठप्प हुने अवस्था रहेको बताए । अर्थ मन्त्रालयले भन्सारको मूल्य बढाउँदा नेपालमा भन्दा भारतमा सुन सस्तो पर्ने विज्ञहरूको भनाई छ ।
बुधवार को मूल्य सूचि अनुसार भारतमा प्रतितोला सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँ छ । नेपालमा भने सुनको मूल्य १ लाख ४२ हजार रुपैयाँ पुगिसकेको छ । यसरी हेर्दा भारतमा भन्दा नेपालमा प्रतितोला नै ८ हजार सुन महँगो भैसकेको छ । हालसम्म नेपालबाट भारतमा सुन तस्करी भैरेकोमा अब भारतबाट नेपालमा सुन तस्करी हुनेछ ।
खुला सिमानाका कारण सुन सजिलै भित्रिने व्यवसायीहरूको तर्क छ । सुन आफैँमा तयारी वस्तु नभएर कच्चा पदार्थ भएको व्यवसायीहरूको तर्क छ । सुन उद्योगलाई सरकारले खराब दृष्टिले हेरेको सुन व्यवसायी शाक्यको भनाइ छ । अर्थमन्त्री पुनलाई सुन तस्करहरूकै दबाबमा सुनको भन्सार मूल्य वृद्धि गरेको आरोप लागेको छ ।
पछिल्लो समय माओवादीका उच्च तहका नेताहरू सुन तस्करमा सहभागी भइरहेका छन् । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, कृष्ण बहादुर महरा, उनका छोरा राहुल महरा ठूला सुन काण्डमा मुछिएका छन् । कृष्ण महराले आफू पार्टीका सानो सुन तस्कर भएको सार्वजनिक टिप्पणी गरिसकेका छन् । ठूला सुन तस्कर पार्टीभित्रै रहेको उनले संकेत छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं