सूचनाको शक्ति - The Power Of Information

        

खजुरा गाउँपालिकाले मनायो विश्व वातावरण दिवस (तस्वीरसहित)

बाँकेको खजुरा गाउँपालिकाले विश्व वातावरण दिवस मनाएको छ । दिवसका अवसरमा खजुरा बजारमा वृक्षारोपण गरिएको गाउँपालिकाले जनाएको छ ।

वृक्षारोपण कार्यक्रममा अध्यक्ष डम्बरबहादुर बिक (तुफान), उपाध्यक्ष मञ्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना लगायतको सहभागीता रहेको थियो ।

यस बर्ष ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने मूल नाराका साथ विश्वभर दिवस मनाइँदैछ । ‘हाम्रो भूमि’ अर्थात् पृथ्वीलाई स्वच्छ र सुरक्षित राखे मात्रै सबैको भविष्य सुरक्षित हुने सन्देश यो वर्षको नाराले दिन खोजेको छ ।

दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई प्राथमिकता दिन जरूरी रहेको वृक्षारोपण कार्यक्रमका सहभागीहरुले बताएका छन् । हरेक वर्ष जुन ५ मा मनाइने दिवस अन्तर्गत यस वर्ष जमिनको सुरक्षा र संरक्षणमा जोड दिइएको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७२ देखि विश्वभर मनाउँदै आइएको यो दिवसको मुख्य उद्देश्य वातावरण जोगाउने कार्य गर्नु र सचेतना बढाउनु रहेको छ ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार ११:५०

लोकप्रिय