भारतीय राजनीतिमा चमत्कारिक व्यक्तित्व निर्माण गरेका प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियतामा ठूलो धक्का लागेको छ । विपक्षीहरुमाथि कठोर बन्दै गएका मोदीको स्वेचछाचारी शासनमा लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणामले लगाम लगाएको छ ।
मतपरिणाम सार्वजनिक भएसँगै भारतीय जनता पार्टीको एकल बहुमत पनि गुमेको छ । उसले अब आफ्ना सहयोगीहरुको साथ लिएर गठबन्धन सरकार बनाउनुपर्ने भएको छ । कुल ५४३ सिटमा भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)को लोकप्रियता घटेको देखिएको छ ।
२०१९ मा सम्पन्न निर्वाचनमा ३०३ सिट जितेको भाजपाले हाल केवल २४० सिटमा मात्र विजयी भयो । पार्टीले गएको चुनावको तुलनामा ६३ सिट गुमाएको हो । बहुमत गुमाए पनि भाजपा पहिलो दल बन्न भने सफल भएको छ ।
साथै भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडिएलाई भने बहुमत प्राप्त भएको छ । यो गठबन्धनले २९२ सिट जितेको भारतको निर्वाचन आयोगले जनाएको छ । गठबन्धन कायमै रहेमा मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने देखिन्छ ।
यता प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)ले ९९ सिटमा जित हात पारेको छ । उसले गएको चुनावको तुलनामा ४७ सिट बढी पाएको हो । २०१९ मा भएको निर्वाचनमा यो पार्टीले केवल ५२ सिटमा विजयी भएको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं