सूचनाको शक्ति - The Power Of Information

        

आँप खाँदा हुन्छन् यतिधेरै फाइदा

अहिले बजारमा प्रशस्त मात्रामा आँप निस्किसकेका छन् । हरेक फलफूलका पसलमा आँप देखिन्छन् । आँप बालबालिकादेखि वृद्धासम्म सम्पूर्णलाई मनपर्ने रसिलो गुलियो र सारै स्वादिलो फल हो ।

धेरै जनाले आँपका फाइदा जानेर वा नजानेर नै सेवन गर्ने गर्छन् । तर आँपका धेरै फाइदा छन् । पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, भिटामिन ‘ए’, ‘सी’ र ‘बी’ लगायतका तत्त्वहरू पाइने चिकित्सक बताउँछन् ।

आँपमा पाइने एण्टीअक्सिडेन्ट भिटामिन, फाइबरले क्यान्सरको जोखिमलाई कम गर्न मद्दत गर्छ । भिटामिन बी कम्प्लेक्स, बी ६, आइरन तथा केही क्याल्सियम, जिंक र भिटामिन ‘ई’ पनि पाइन्छ ।

आँपका खाँदा हुने फाइदा

– आँपले शरीरमा रगतको मात्रा बढाउँछ । त्यसैले रगतको मात्रा कम हुने मानिसले पनि आँप खानु लाभदायक हुन्छ ।

– आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ । त्यसकारण यसले क्यान्सर तथा ल्युकेमियाबाट बचाउँछ ।

– आँपको सेवनले मस्तिष्कलाई स्वस्थ राखी स्मरण शक्ति बढाउन मद्दत गर्छ ।

– आँपमा प्रशस्त मात्रामा पाइने फाइबर र ‘भिटामिन सी’ ले कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ ।

– तौल बढाउन चाहनेका लागि दैनिक रूपमा आँप सेवन लाभदायक मानिन्छ ।

– आँपमा हुने ’भिटामिन ए’ ले आँखा तेजिलो बनाउन मद्दत गर्छ ।

– आँपमा पाइने फाइबरले पाचन शक्तिलाई बलियो बनाउँछ ।

– आँपको सेवनले छालामा भएका काला धब्बा तथा दाग हटाउँछ र प्राकृतिक चमक ल्याउन मद्दत गर्छ ।

– आँपको सेवनले प्रजनन क्षमता बढाउन मद्दत गर्छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार १०:०९

लोकप्रिय