हृदयाघात एक जटिल किसिमको आकस्मिक अवस्था हो जसमा मुटुका रक्तनली अर्थात् धमनीहरू र मुटु मै सामान्यतः रगत जम्ने कारण रक्त सञ्चार बन्द भई सृजना हुने गर्दछ । त्यसैले यसका लक्षणहरु पनि अचानक शुरु हुन्छ ।
यस्तो हुँदा हाम्रो मुटु बिस्तारै निकै कमजोर हुन थाल्छ वा रगतलाई राम्रोसँग पम्प गर्न सक्दैन । जसले हृदयाघातका समस्या हुन्छ । यसैकारण हृदयाघातका जोखिम पनि बढ्छ र व्यक्तिको मृत्युसमेत हुनसक्छ । त्यसैले तपाईँले आफ्नो मुटुको विशेष ध्यान राख्न आवश्यक हुन्छ ।
– छाती दुख्ने : छातीमा केहीले थिचेको जस्तो, गह्रौँ, छाती कस्सिएको जस्तो हुने ।
– शरीरका अरू भाग दुख्ने : छातीबाट अरूतिर दुखाइ सर्दै जानु खासगरी पाखुराहरूमा दुखाइ खासगरी बायाँ हात प्रभावित हुन्छ, तर दुवै पाखुरा पनि प्रभावित हुन सक्छ चिउँडो घाँटी पिठ्युँ र पेटमा दुखाई ।
– रिँगटा लागेको जस्तो हुने ।
– पसिना आउने ।
– सास फेर्न गाह्रो हुने ।
– खोकी लाग्ने वा सास घ्यार्र घ्यार्र हुने ।
छातीको दुखाइ धेरैजसो चर्को हुन्छ तर केही मानिसहरूमा त्यो दुखाइको मात्रा अपच भएका बेला जस्तो अलि कम महसुस हुन सक्छ, महिला र पुरुष दुवैमा हृदयाघातको सबभन्दा प्रमुख लक्षण छाती दुख्नु हो । महिलाहरूमा सास फेर्न गाह्रो हुने वा बान्ता आएजस्तो वा पिठ्युँ र चिउँडोमा दुखाइ महसुस हुन सक्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं