भारतको लोकसभाको निर्वाचनको अन्तिम परिणाम आएको छ । मंगलबार राति सम्पन्न मत गणनामा भारतीय जनता पार्टी सबैभन्दा ठूलो दल बनेको छ । भाजपाले २४० सिट जितेको छ । यसअघिको निर्वाचनमा ३०३ सिट जितेको भाजपाले यसपटक २४० सिट जितेर एक्लै बहुमत ल्याउन असफल भएको छ ।
भाजपा आफू एक्लै बहुमतबाट चुके पनि उसको नेतृत्वको एनडीए गठबन्धनले भने बहुमत ल्याएको छ । एनडीएले कुल २९३ सिटमा जित हासिल गरेको छ । जसमा प्रमुख रुपमा भाजपा पछि तेलगु देशम पार्टीले १६ सिट जितेको छ भने जनता दल युनाइटेडले १२ सिट जितेको छ । अब एनडीए घटक दलमा तेलंगानाका नेता चन्द्रबाबु नायडु र विहारका नितिश कुमार निर्णायक बनेका छन् ।
त्यस्तै, यस निर्वाचनमा भारतीय नेशनल कांग्रेसले ९९ सिटमा जित हासिल गरेर दोस्रो ठूलो दल बनेको छ । यसअघि २०१९ को निर्वाचनमा कांग्रेसले ५२ सिट जितेको थियो । त्यस्तै, समाजवादी पार्टीले उत्तर प्रदेशमा ३७ सिट जितेर तेस्रो ठूलो दल बनेको छ । अघिल्लो निर्वाचनमा केवल ५ सिट जितेको थियो ।
त्यस्तै, पश्चिम बङ्गालको ममता बेनर्जी नेतृत्वको त्रिणमूल कांग्रेसले २९ सिट जितेर संसदमा चौथो ठूलो दल बनेको छ । त्यस्तै, डिएमके पार्टीले २२ सिट जितेको छ । आम आदमी पार्टीले दिल्लीमा जित हासिल गर्न नसके पनि पञ्जावमा ३ सिटमा जित हासिल गरेर लोकसभामा उपस्थिति जनाएको छ । यसरी विपक्षी गठबन्धनले २३० सिटमा जित हासिल गरेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं