सूचनाको शक्ति - The Power Of Information

        

लाइसेन्स परीक्षाको परिणाम फेरबदल गर्दा एक वर्ष १० महिना कैद

यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाही भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनलाई एक वर्ष १० महिना कैद र ४८ हजार जरिवाना सुनाइएको छ ।

विशेष अदालतका न्यायाधीश अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण राई र रामबहादुर थापाको इजलासले लाइसेन्स परीक्षा समितिको अध्यक्ष रहेका शाहीलाई एक वर्ष कैद र ४८ हजार जरिवानाको फैसला गरेको हो ।

विशेष अदालतले परीक्षाको परिणाम फेरबदल गरेको कसुरमा उनलाई थप १० महिना कैद र आठ हजार जरिवाना सजाय हुने फैसला गरेको छ । परीक्षामा सहभागी भएकाहरूलाई फेल गरेर परीक्षामा सहभागी नै नभएका ३९ जनालाई प्रयोगात्मक परीक्षामा पास गराइएको थियो ।

यस्तै, २३ जनाको प्राप्तांक ‘रिराइट–ओभरराइट’ गरी २३ जनालाई परीक्षामा उत्तीर्ण गराएको तथा अनुत्तीर्ण भएका २२१ सहित २८३ जनाको परीक्षार्थीको नतिजा फेरबदल गरी स्वीकृत गरेर सफ्टवेर प्रणालीमा प्रविष्ट गराएका थिए । अख्तियारले शाहीसँगै पवनकुमार रावल र नरेन्द्रकुमार कडरियालाई पनि प्रतिवादी बनाएकोमा विशेष अदालतले उनीहरूलाई सफाइ दिएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार ०८:०२

लोकप्रिय