सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भएको आगलागी घटनामा डिआइजी पुरुषोत्तम थापालाई कारबाही गर्नुपर्ने भन्दै अर्का डिआइजी शक्ति केन्द्र धाउन थालेका छन् । गत २७ चैतमा बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भीषण आगलागी हुँदा २० करोडभन्दा धेरैको क्षति भएको भन्दै त्यसको संरक्षण गर्न नसकेको आरोप लगाएर थापालाई कारबाही गराउन अर्का डिआइजी अञ्जनीकुमार पोखरेल शक्ति केन्द्र धाउन थालेको स्रोतको दाबी छ ।
उनले प्रधानमन्त्री कार्यालयदेखि प्रधानमन्त्रीका पूर्वराजनीतिक सल्लाहकार हरिबोल गजुरेलसम्मलाई सन्देश पुर्याएका छन् । सिन्धुली घर बताएर गजुरेलनजिक बनेका डिआइजी पोखरेल नवलपरासीमा पनि उनको घर जग्गा रहेको स्रोतले जनाएको छ । भावी आइजीपीको प्रतिस्पर्धी र राजनीतिक कनेक्सन पनि राम्रै रहेका थापालाई यही प्रकरणमा मुछ्न उनकै व्याचीहरु लागिपरेका छन् ।
पोखरेल, थापा र दीपेन्द्र शाह मध्ये एकजना सशस्त्रको भावी नेतृत्वमा पुग्नेछन् । गत २७ चैतमा बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भीषण आगलागी हुँदा २० करोडभन्दा धेरैको क्षति भएको थियो । सो स्टोरको सुरक्षा जिम्मेवारी पशुपतिनाथ बाहिनीको थियो । त्यतिवेला डिआइजी थापा बाहिनीपति थिए ।
बाहिनीको कमान्डले समयमा सक्रियता नदेखाउँदा धेरै क्षति भएको भन्दै उनलाई पनि कारबाही हुनुपर्ने भन्दै थापाका व्याचीहरुले गृहमन्त्रालयमा पनि लविङ थालेका छन् । गृह मन्त्रालयले गठन गरेको सहसचिव भरतमणि पाण्डे नेतृत्वको समितिले बाहिनी कमान्डको कमजोरी औँल्याएको देखिदैन । ‘बाहिनीपति हुँदा समयमै डिउटी परिचालन भएन कि भन्ने आशंका व्यक्त गरिएको छ,’ स्रोतले भन्यो । त्यस्तै, सशस्त्रको केन्द्रीय स्टोरका प्रमुख एसपी राजेन्द्र श्रेष्ठमाथि पनि कारबाही हुन लागेको छ ।
स्टोर प्रमुखको समेत लापरबाहीले आगलागी भएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । यसअघि नै श्रेष्ठसहित स्टोर शाखाका सबै सशस्त्र प्रहरीलाई प्रधान कार्यालयले जिम्मेवारीबाट हटाइसकेको छ । आगलागीमा परी सशस्त्र प्रहरीका कर्मचारीका जुत्ता, कपडालगायतका सामान जलेका थिए । कतिपय ठेकेदारले बुझाएका तथा सशस्त्र प्रहरीले बुझिनसकेका सामानसमेत जलेर नष्ट भएका छन । छानबिनका क्रममा विद्युत् सर्ट भएरै आगलागी भएको निष्कर्ष निकालेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं