सूचनाको शक्ति - The Power Of Information

        

दुई विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्दै सोमपाल

नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी दुई विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका छन् । यसअघि सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी–२० विश्वकपमा सोमपालले नेपालको प्रतिनिधित्व गरेका थिए ।

त्यसबेला उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । सोमपालले हालसम्म नेपालका लागि ५४ एकदिवसीय र ६५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । उनले एकदिवसीय खेलमा ७१ विकेट र टी–२० मा ५८ विकेट लिएका छन् भने ३१५ रन जोडेका छन् ।

सोमपालको ब्याटिङ स्ट्राइक रेट ११५.३८ रहेको छ । सन् २०१४ को जनवरीमा यूएईविरुद्ध डेब्यू गरेका सोमपालले सोही वर्ष बंगलादेशमा आयोजित विश्वकपमा टि–२० अन्तर्राष्ट्रिय खेलमा हङकङविरुद्ध डेब्यु गरेका थिए । उनले उक्त खेलमा ४ विकेट लिएका थिए ।

नेपालले इतिहासमै दोस्रो पटक टी–२० विश्वकप खेल्दैछ । सोमपाल र नेपालले दोस्रो पटक विश्वकप खेल्दा समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दैछ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार १७:२३

लोकप्रिय