सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक सञ्जालको सिकार बन्दै बालबालिका

‘प्रहरीसँग पीडित केन्द्रित अनुसन्धान सम्बन्धी छलफल’मा सहभागी

पछिल्लो समय बालबालिका सामाजिक सञ्जालबाट हिंसामा पर्ने क्रम बढेको छ । अनलाइनमार्फत हिंसामा परेका बालबालिकाको उजुरी पर्ने क्रम बढेको प्रहरी अधिकारीहरूको भनाइ छ । यसै साता बालबालिका क्षेत्रमा सक्रिय संस्था सिविसले गरेको ‘प्रहरीसँग पीडित केन्द्रित अनुसन्धान सम्बन्धी छलफल’मा सहभागी प्रहरी अधिकृतहरूले अहिले समाजमा यस्ता घटना निकै बढेको बताएका हुन् ।

ती अधिकृतहरूका अनुसार, सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, टिकटकलगायत विभिन्न प्लेटफर्मबाट पीडित हुने बालबालिकाको संख्या धेरै छ । बालबालिका बढी सामाजिक सञ्जालमा केन्द्रित हुनु र अभिभावकले ध्यान नदिएको कारण पनि यस्ता घटना बढ्दै गएको सिविसको भनाइ छ । ठगी, प्रलोभन र अन्य प्रकारका अपराधका मुद्दामा बालबालिका पीडित हुने गरेको साइबर ब्यूरोले जनाएको छ ।

सामाजिक सञ्जालबाट बालबालिकाहरू कसरी पीडित भइरहेका छन् र कसरी जोगाउने भन्ने विषयमा व्यापक सचेतना फैलाउनु आवश्यक रहेको साइबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी दीपकराज अवस्थीले बताए । हरेक जिल्लामा यस्ता घटनाको उजुरी दिन सकिने र अनलाइनबाट पनि उजुरी लिने गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार १९:०८

लोकप्रिय