सूचनाको शक्ति - The Power Of Information

        

आज भगवान शिवको विशेष दिन, उपवास बस्दा ज्ञान प्राप्ति

आज २०८१ साल जेठ २१ गते सोमबार तदनुसार सन् २०२४ जुन ३ तारिख । जेठ कृष्ण पक्षको एकादशी तिथि । जातीय भेदभाव तथा छुवाछुतविरुद्धको दिवस । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो ।

यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ ।

दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ । सोमबारको उपवासले मानिसको इच्छा अनि आकांक्षा पूरा गर्ने विश्वास रहिआएको छ । त्यस्तै ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार ०६:१९

लोकप्रिय