सूचनाको शक्ति - The Power Of Information

        

अझै ईयूको कालोसूचीमै नेपाली वायुसेवा

सन् २०१३ देखि युरोपेली युनियन (ईयू)को उडान सुरक्षा चासो (कालोसूची) मा परेको नेपालको नागरिक उड्डयन (हवाई) क्षेत्र सूचीबाट हट्न सकेन । २०२४ मे ३० मा युरोपेली युनियनले नयाँ सूची अपडेट गर्दा नेपाल कालोसूचीमै कायम छ । सो सूचीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका दर्ता भएर सञ्चालनमा सबै वायुसेवा कम्पनी परेका छन् ।

नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरलाइन्स नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली एयरलाइन्सहरू हुन् । कालोसूचीमा परेका वायुसेवा कम्पनीले युरोपेली युनियनभित्रका मुलुकको आकाशमा उडान अनुमति पाउँदैनन् । ईयूले हरेक ६–६ महिनामा यस्तो सूची अपडेट गर्दै आएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार ०६:११