निद्राको समयमा शरीरले आफैं आफ्नो मर्मत गर्ने गरेको वैज्ञानिकहरूले बताएका छन् । निद्राको समयमा शरीरले राम्रा ब्याक्टेरियाहरूलाई सक्रिय राख्ने र रोग प्रतिरोधी क्षमताको विकास गर्ने उनीहरूको भनाइ छ । सोही कारण निद्रा आनन्दमा मात्र सीमित छैन, राम्रो स्वास्थ्यका लागि पनि महत्त्वपूर्ण छ ।
‘लोकल सर्कल्स’को अध्ययनबाट उक्त तथ्य सार्वजनिक भएको हो । निद्राको समयमा मानिसको शरीर अर्कै दुनियाँ अर्थात् अचेतन अवस्थामा हुन्छ, संसारबाट बेखबर, सपनाको दुनियाँमा। निद्राको समयमा शरीर र दिमागको काम गर्ने तरिका विलकुल फरक हुन्छ । शोधकर्ताहरूको भनाइमा निद्राको समयमा शरीरले आफूभित्रको कमजोरीको लिस्ट बनाउँछ । र, धमाधम मर्मत गर्न थाल्छ ।
अनि जे बिग्रेको छ, शरीरले धमाधम त्यसलाई बनाउन थाल्छ। अनि सम्भावित खतराबाट लड्ने तयारी गर्छ । राम्रो निद्राको दौरान शरीरले राम्रो ब्याक्टेरियाको ताकत बढ्छ । सोही कारण कुनै बिरामी व्यक्तिलाई चिकित्सकहरूले आराम गर्न सल्लाह दिन्छन् । व्यस्त दुनियाँमा त्यसको सबैभन्दा ठूलो असर गहिरो निद्रामा पर्छ ।
विगतमा अनिद्राको समस्या बढी उमेरका व्यक्तिहरूमा देखिन्थ्यो । अहिले यो किशोरवयमै देखिन थालेको छ । युनिभर्सिटी अफ क्यालिफोर्नियाका न्युरो साइन्टिस्ट म्याथ्यु वाकरले निद्रामाथि पुस्तक नै लेखेको छन्, ‘ह्वाई वी स्लिप’ । उनको भनाइमा मानिस निद्राको कमीवाला भयानक महामारीसँग लडिरहेको छ । उनले निद्राको कमीलाई अहिलेको शताब्दीको सबैभन्दा ठूलो स्वास्थ्य समस्या बताएका छन् ।
उनले जलवायु परिवर्तन, मोटोपन र स्वच्छ पिउने पानीलाई सार्वजनिक स्वास्थ्यका दृष्टिमा तीन ठूला खतरा बताएका छन् । र, अनिद्रालाई चौथो गम्भीर खतरा बताएका छन् । वैज्ञानिकहरूले निद्रालाई प्रकृतिको सबैभन्दा ठूलो वरदान बताएका छन् । राम्रो निद्राले अर्को दिन जिन्दगीका अनेक चुनौतिहरूसँग लड्न र जीवनको भरपुर आनन्द उठाउनका लागि तयार बनाउँछ ।
शरीरका अंगहरूलाई आराम दिएर दुरुस्त बनाइदिन्छ । तथापि, धेरै मानिसले अन्जानमै निद्रासँग सम्झौता गर्छन् । र, शरीरलाई अनेकौं रोगको जिम्मा लगाउँछन् । त्यसरी भरपुर निद्रा नलिने मानिस मानसिक रोगी बन्छन् । उनीहरूमा रिस र चिडचिडापन भरिन्छ । यस्ता मानिस आक्रामक हुन्छन् । त्यसबाट विस्तारै दिमागमा असर पर्छ । अल्जाइमरजस्ता घातक रोग लाग्छन् ।
– विद्युतीय ग्याजेट्सका साथमा कमभन्दा कम समय बिताऊँ ।
– बिहान र साँझपख खुला हावामा टहल्ने बानीको विकास गरौं ।
– साथीभाइसँग कुराकानी गरौं, उनीहरूसँग आफ्नो मनको कुरा सेयर गरौं ।
– हल्काफुल्का शारीरिक अभ्यास गरौं ।
– मदिरा र चुरोटको अम्मलबाट टाढा बसौं ।
– सुत्नुभन्दा एक घण्टाअघि सावर लिनु लाभदायक हुन्छ ।
– चिया र कफी कम पिऊँ ।
– सुत्नुभन्दा २ घण्टाअघि रातिको खाना खाइसकौं ।
– ओछ्यानमा पुगेपछि मोबाइल र अन्य ग्याजेट्स टाढा राखौं ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं