सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

पाँच प्रदेशमा मेघगर्जनसहित वर्षा, हावाहुरीको पनि सम्भावना

नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । जसका कारण आज पाँच वटा प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायु तथा भारत उत्तर प्रदेशको पश्चिमी इलाकादेखि बंगलादेशको पश्चिमसम्म फैलिएको न्यून चापीय प्रणालीको प्रभावका कारण कोशी, मधेश, वागमती, गण्डकी र कर्णालीका केही स्थानमा वर्षाको सम्भावना देखिएको हो ।

आज दिउँसो कोशी, मधेश, वागमती, गण्डकी र कर्णाली लगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । यस्तै, कोशी, मधेश, वागमती, गण्डकी र कर्णालीका थोरै तथा बाँकी भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशी, मधेश, वागमती र गण्डकी लगायत पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । यस्तै, कोशी, मधेश र गण्डकीका थोरै तथा बाँकी भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भोलि मंगलबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार ०५:५७

लोकप्रिय