सूचनाको शक्ति - The Power Of Information

        

हावाहुरीले केरा खेतीमा करोडौँको क्षति

शुक्रबार र शनिबार आएको हावाहुरीले चितवनको केरा खेतीमा करोडौँको क्षति भएको छ । हावाहुरीले चितवनको रत्ननगर खैरहनी र कालिका नगर पालिकाको विभिन्न क्षेत्रको केरा खेतीमा क्षति पुगेको किसानहरूले बताएका छन् ।

हावाहुरीले चितवनको करिब २ हजार ५०० बिगाहामा लगाएको केरा क्षति भएको चितवन केरा उत्पादक संघका अध्यक्ष माधव प्रसाद घिमिरेले बताए । हावा हुरीले चितवनका किसानहरूको करिब १२ करोड बराबरको केरा क्षति भएको उनले बताए ।

चितवनमा हावाहुरीले हाल सम्म कै ठुलो केरा खेतीमा क्षति भएको किसानहरूले बताएका छन् । जेठ महिनामा यसरी हावाहुरी आउला र क्षति होला भनेर कल्पना समेत नगरेको हावाहुरीले मुखमा आएको बालीमा क्षति भए पछि किसानहरू चिन्तित भएका छन् ।

हावाहुरीले ११ बिगाहा जग्गामा लगाएको केरा सखाप भएको चितवन खैरहनी नगरपालिका ६ तुलसी पुरका किसान पुष्क सिंहले बताए । टिपेर बेच्ने बेला भएको केरा पूर्ण रूपमा क्षति हुँदा किसानहरू निराश भएका छन् ।

चितवनमा करिब ३ हजार ५०० बिगाहामा केरा खेती भए पनि १ हजार ५०० बिगाहाको केरामा मात्र बिमा गरेका छन् । केरा खेतीमा बिमा गरिए पनि सरकारले समयमा नै बिमित रकम बिमा कम्पनीलाई नबुझाउँदा बिमाको रकम पाउन पनि ढिला हुने गरेको किसानहरू बताउँछन् ।

गत वर्ष बिमा कम्पनी दिनु पर्ने ४ करोड मध्य २ करोड रुपैयाँमा मात्र किसानले पाएको र २ करोड अझ बाकी रहेको छ । किसानहरूले प्रति बिगाहाबाट करिब १० लाखको हारी हारीमा केरा बिक्री गर्ने गरेका छन् ।

हाव हुरीले केरा खेतीमा ठुलो क्षति भएपछि किसानलाई क्षति पूर्तिको लागि पहल गर्ने उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले बताए । हावाहुरीले ठुलो नोक्सान बेहोर्न परेको किसानलाई बारीमा ढलेको केराको बोट कसरी हटाउने भन्ने अर्को चिन्तामा परेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतवार १६:५४

लोकप्रिय