सूचनाको शक्ति - The Power Of Information

        

पाँच महिनामा आए पाँच लाख पर्यटक

सन् २०२४ को पहिलो पाँच महिनामा पाँच लाखभन्दा बढी पर्यटक नेपाल आउका छन् । जनवरीदेखि मेसम्म ५ लाख ६ हजार २८० पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । पछिल्लो महिना मेमा मात्र ९० हजार २११ पर्यटक नेपाल आएका छन् । यस वर्ष पहिलो स्थानमा भारतीय पर्यटकको आगमन भएको छ ।

दोस्रोमा चीन र तेस्रोमा अमेरिकाका पर्यटक छन् । सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ मा वार्षिक १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यो पूरा हुन अफ सिजनका महिनामा समेत १ लाखभन्दा बढी पर्यटक आउनुपर्छ । नेपालले हवाइजहाजबाट आउने भारतीयलाई मात्र पर्यटक मान्छ । सोहीकारण स्थलमार्गबाट आउने ठूलो संख्याका भारतीय भने पर्यटक भने गणनामा पर्दैनन् ।

सन् २०२४ को कुन महिना कति पर्यटक ?

जनवरी – ७९,१००
फेब्रुअरी – ९७,४२६
मार्च – १,२८,१६७
अप्रिल – १,११,३७६
मे – ९०,२११

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतवार १४:०६

लोकप्रिय