सूचनाको शक्ति - The Power Of Information

        

आइसीसी विश्वकप क्रिकेट

आइसीसी विश्वकप आजदेखि, क्यानडाविरुद्ध फिल्डिङ गर्दै अमेरिका

आइसीसी ट्वान्टी–२० विश्वकप वेस्ट इन्डिज र अमेरिकामा आज (आइतबार) देखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा आज आयोजक अमेरिका र क्यानडा भिड्दैछन् ।

अमेरिकाको टेक्सासस्थित ड्यालसमा नेपाली समयअनुसार बिहान ६ः१५ बजेदेखि सुरु भएको खेलमा अमेरिकाले पहिले फिल्डिङ गर्दैछ । खेलका लागि भएको टस जितेर अमेरिकाले फिल्डिङ रोज्दै क्यानडालाई ब्याटिङको निम्तो दिएको हो ।

प्रतियोगितामा कुल २० टोलीको सहभागिता छ । जसलाई प्रत्येक समूहमा पाँच टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको यस संस्करणमा नेपाल पनि छनोट भएको छ । समूह ‘डी’मा रहेको नेपालसँगै नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन् ।

वेस्ट इन्डिज र अमेरिकामा हुने प्रतियोगिता एक महिनासम्म चल्नेछ । अमेरिकाले पहिलो पटक विश्वकप आयोजनाको मौका पाएको हो । वेस्ट इन्डिजले भने दोस्रोपटक विश्वकप आयोजना गर्न लागेको हो ।

प्रतियोगिताको इंग्ल्याण्ड साविक विजेता टोलीको हो । प्रतियोगितामा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दैछन्। पछिल्लो संस्करणमा १६ टोलीको मात्र सहभागिता रहेको प्रतियोगितामा यसपटक ४ टोली थपेर २० टोलीमा पुर्याइएको हो ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतवार ०६:४३

लोकप्रिय