सूचनाको शक्ति - The Power Of Information

        

मौसम : भारत र बंगलादेशको वायुले नेपालमा वर्षा

स्थानीय र पश्चिमी वायुसँगै भारत उत्तर प्रदेशको पश्चिमदेखि बंगलादेशको पश्चिमसम्म फैलिएको न्यून चापीय प्रणालीको प्रभावका कारण आज नेपालमा पनि वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, वागमती र गण्डकीका थोरै तथा बाँकी भू-भागका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनीका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

आज राति कोशी र वागमतीसहित पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र वागमतीमा थोरै तथा बाँकी भूभागका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतवार ०६:१३