सूचनाको शक्ति - The Power Of Information

        

नयाँ सुविधासहित टिकटकले बढायो सुरक्षा

टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्समा अपडेटहरु गर्दै क्रियेटरहरूलाई सशक्तिकरण गर्न र ग्लोबल कम्युनिटीका लागि सुरक्षित र रमाइलो वातावरण सुनिश्चित गर्ने उद्देश्यले नयाँ सुविधाहरू ल्याएको छ । मे १७ देखि लागू हुने यी अपडेटहरूमा स्पष्ट परिभाषाहरू, नीतिहरू बुझ्नका लागि नयाँ सुविधाहरू र अकाउन्ट स्टेटस अनुगमनका लागि सुधारिएका टुलहरू समावेश छन् ।

टिकटकले हेट स्पीच, स्वास्थ्य सम्बन्धी गलत जानकारी र कन्टेन्ट मोडेरेसन सम्बन्धी नीतिहरूमा स्पष्ट परिभाषाहरू र थप विस्तृत जानकारी प्रदान गर्न आफ्नो कम्युनिटी गाइडलाइन्स परिमार्जन गरेको हो । यी परिवर्तनहरू टिकटकको नियम र प्रवर्तन प्रक्रियाहरूबारे प्रयोगकर्ताको बुझाइ र पारदर्शितामा सुधार गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ । फर यू फिडमा सुरक्षाको अनुभव सुनिश्चित गर्न टिकटकले नयाँ इलिजिबिलिटि मापदण्ड लागू गर्दैछ ।

यी स्ट्यान्डर्डहरु उल्लङ्घन गर्ने खालका कन्टेन्ट बारम्बार पोस्ट गर्ने क्रियेटरका अकाउन्टहरू फर यू फिडमा सिफारिसको लागि अस्थायी रूपमा अयोग्य हुनेछन् । यसका साथै तिनीहरूको कन्टेन्ट सर्च रिजल्टहरूमा कम देखिनेछ । प्रभावित क्रियेटरहरूले नोटिफिकेसन प्राप्त गर्नेछन् र यी निर्णयहरूमा अपिल गर्ने मौका पाउनेछन् । टिकटकको नियमहरू बुझ्न क्रियेटरहरूलाई सहयोग गर्नका लागि प्लेटफर्मले वार्निंग स्ट्राइक सिस्टम प्रस्तुत गर्दैछ ।

पहिलो पटक कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने क्रियेटरले सुरुमा एउटा चेतावनी प्राप्त गर्नेछन् जुन उसको अकाउन्टको स्ट्राइक ट्यालीमा गणना हुने छैन । यसपछि हुने उल्लङ्घनहरू भने ट्र्याक गरिनेछ र तदनुसार दण्डित पनि गरिनेछ । टिकटकले क्रियेटरहरूलाई उनीहरूले उल्लङ्घन गरेका विशेष नियमहरूको बारेमा जानकारी दिनेछ र सम्भावित त्रुटिहरूको लागि अपील प्रक्रियामा मार्गदर्शन समेत प्रदान गर्नेछ ।

क्रियेटरहरूलाई थप समर्थन गर्न टिकटकले ‘अकाउन्ट चेक’ नामक नयाँ सुविधा पनि ल्याइरहेको छ । यो टुलले क्रियेटरहरूलाई टिकटकमा उनीहरूको स्थितिको ओभरभ्यु प्रदान गर्दै उनीहरूको अकाउन्ट र हालका पोस्टहरू अडिट गर्न अनुमति दिन्छ । ‘अकाउन्ट चेक’ले गाइडलाइन्स उल्लङ्घनका कारण कमेन्ट गर्न वा डाइरेक्ट मेसेज पठाउने जस्ता सुविधाहरूमा हुने कुनै पनि प्रतिबन्धहरूलाई संकेत गर्दछ भने ‘फर यू’ फिडबाट हटाइएका वा प्रतिबन्धित सामाग्रीलाई हाइलाइट पनि गर्दछ ।

यो सुविधाले अवस्थित ‘अकाउन्ट स्टेटस’ पेजलाई क्रियेटरले प्लेटफर्मका नियमहरू पालना गरेको विस्तृत दृश्य प्रदान गर्न समेत सघाउँछ । यसका साथै टिकटकले टिकटक क्रियेटरका लागि ‘आचार संहिता’ पनि प्रस्तुत गर्दैछ जसले टिकटकका प्रोग्रामहरु, यसले दिने सुविधा, इभेन्ट र अभियानहरूमा भाग लिने क्रियेटरहरूका लागि मापदण्डहरू सेट गर्नेछ ।

आगामी हप्ताहरूमा लागू हुने यस कोडले सबै सहभागीहरूका लागि एक सुसंगत र सकारात्मक अनुभव सुनिश्चित गर्दै प्लेटफर्मभित्र र बाहिर दुवै ठाउँमा क्रियेटरहरूको जिम्मेवारीहरूलाई स्पष्ट रूपरेखा दिन्छ । टिकटक विश्वभरका आफ्ना एक अर्बभन्दा बढी प्रयोगकर्ताहरूको सुरक्षा र अनुभव बढाउन प्रतिबद्ध छ । यी अपडेटहरूले यस प्लेटफर्ममा फस्टाउन आवश्यक टुल र जानकारीको साथ आफ्नो क्रियेटर कम्युनिटीलाई समर्थन गर्ने टिकटकको समर्पणलाई जोड दिन्छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार १५:१२

लोकप्रिय