सूचनाको शक्ति - The Power Of Information

        

भारतमा आज अन्तिम चरणको मतदान, मोदी पनि उम्मेदवार

भारतमा आज (जुन १) लोकसभा निर्वाचनका लागि सातौँ तथा अन्तिम चरणको मतदान भइरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सात राज्य र एक केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान भइरहेको हो ।

पञ्जाब र उत्तर प्रदेशका १३–१३ सिट, पश्चिम बङ्गालका ९ सिट, बिहारका ८, उडिसाका ६, हिमाचल प्रदेशका सबै ४ सिट, झारखण्डका ३ सिट र चण्डीगढको १ सिटमा आज मतदान भइरहेको छ ।

अन्तिम चरणको यो निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी र अन्य धेरै दलका नेता चुनावी मैदानमा छन् । यो निर्वाचनमा कूल नौ सय चार जनाले उम्मेदवारी दिएका छन् ।

लोकसभा चुनाव अन्तर्गत यसअघि ६ चरणका मतदान भइसकेका छन् । यसअघि अप्रिल १९, अप्रिल २६, मे ७, मे १३, मे २० र मे २५ मा मतदान भएका हुन् । अब मतगणना जुन ४ अर्थात मंगलबार सुरु हुनेछ र नतिजा सोही दिन आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार ११:२९

लोकप्रिय