सूचनाको शक्ति - The Power Of Information

        

असार ७ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जको तापक्रम ४४ डिग्री सेल्सियस नाघेपछि विद्यालयको बिदा थप गरेर असार ७ गतेसम्मका लागि बढाइएको छ । गर्मीका कारण बालबालिका बिरामी पर्न थालेपछि जेठ १५ गतेदेखि १९ गतेसम्मका लागि दिइएको बिदालाई थप गरेर जेठ २० गतेदेखि असार ७ गतेसम्म थप गरिएको छ ।

विद्यालयको क्यालेण्डरमा उल्लेख गरिएको गर्मी बिदा समेत मिसाएर जेठ २० गतेदेखि असार ७ गतेसम्म नेपालगन्ज उपमहानगरपालिका भित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले बताए ।

उनले गर्मी घट्नुको सट्टा झन् बढ्दै गएर तापक्रमले विगतका वर्षको सबै कीर्तिमान तोड्न थालेपछि बिदा थप गरिएको बताए । चिकित्सकले गर्मीसँगै तातो हावा र लु चल्नेक्रम जारी रहेकाले दिउँसोको समयमा घर बाहिर हिँडडुल नगर्न तथा बालबालिकालाई पर्याप्त मात्रामा पानी खुवाउन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार ०९:२५

लोकप्रिय