प्रहरी प्रधान कार्यालयले चार जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका चारजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव भीमप्रसाद ढकालले जारी गरेको सूचना अनुसार बढुवा सिफारिस हुने सूचीको एक नम्बरमा श्यामकृष्ण अधिकारी छन् । त्यसैगरी एसपी रविन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तीराज गुरुङ पनि एसएसपी बढुवाको लागि सिफारिस भएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं