सूचनाको शक्ति - The Power Of Information

        

सन्दीप लामिछानेको भिसा अमेरिकी दूतावासद्वारा दोस्रोपटक ‘रिजेक्ट’

अमेरिकी दूतावासले आइसीसी टी–२० विश्वकपका लागि क्रिकेटर सन्दीप लामिछानेको भिसा दिन फेरि अस्वीकार गरेको छ । बिहीबार नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई अमेरिका प्रवेश गर्न आवश्यक भिसा दिन अस्वीकार गरेको उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

फर्कने सम्भावना नदेखिएको भन्दै सन्दीपलाई दूतावासले भिसा दिन अस्वीकार गरेको घिमिरेले बताए । गत बुधबार पनि अमेरिकी दुतावासले सन्दीपको पनि भिसा दिन अस्वीकार गरेको थियो । त्यसको एक सातापछि सन्दीपले अमेरिकी दुतावासले सन्दीपले भिसाका लागि गरेको आग्रह स्वीकार गरेको थियो ।

दूतावासले सन्दीपलाई भिसा नदिएपछि नेपाल क्रिकेट संघ (क्यान), युवा तथा खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयले पहल सुरु गरेका थिए । कुटनीतिक रुपमा सरकारले पहल गरेसँगै सन्दीपले दोस्रो पटक भिसाका लागि आवेदन दिएका थिए । सोही प्रक्रिया अनुसार उनलाई बिहिबार अन्तवार्ताका लागि बोलाइएको थियो । सन्दीपलाई भिसा दिन बुधबार माइतीघरमा उनका समर्थकले प्रर्दशन गरेका थिए ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि क्यानले उनको निलम्बन फुकुवा गरेको थियो । निलम्बन फुकुवासँगै विश्वकपका लागि सन्दीप टोलीमा फर्कने बाटो खुलेको थियो । क्यानले विश्वकपका लागि आइसीसीसामु सन्दीपलाई टोलीमा राख्न गरेको आग्रह स्वीकार गरेको थियो । क्यानले पूर्व घोषित टोलीमा फेरबदल गर्न पाउने मिति २५ मे सम्म सन्दीपलाई पनि समट्दै खेलाडीको नाम बुझाएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहीबार १७:२९

लोकप्रिय