सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य निरन्तर उकालोतिर

स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै रु दुई हजार ३०० ले वृद्धि भएको छ ।

बुधबार प्रतितोला एक लाख ३८ हजार २०० मा कारोबार भएको छापावाला सुन आज एक लाख ४० हजार ५०० निर्धारण भएको छ भने तेजाबी सुन भाउ पनि बढेको छ ।

तेजाबी सुन बुधबार तोलामा एक लाख ३७ हजार ५५० मा कारोबार भएकामा आज यो एक लाख ३९ हजार ८०० मा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा रु दुई हजार २५० ले वृद्धि भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा रु ७० ले वृद्धि भएको छ । बुधबार रु एक हजार ९३० मा कारोबार भएको चाँदी आज रु एक हजार ९०० मा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहीबार ११:५७

लोकप्रिय