२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीविरुद्ध पक्राउ पुर्जी

सत्यपाटीसत्यपाटी । धनुषा । २०८१ जेठ १७ गते बिहीबार

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छोडे लगत्तै उनलाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीहरूमाथि अनुसन्धान शुरु भएको छ । प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न कर्मचारीहरूको खोजी सुरु गरेको छ ।

सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईसहित शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशीराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो ।

प्रकाशित मिति : २०८१ जेठ १७ गते बिहीबार