सूचनाको शक्ति - The Power Of Information

        

कैलाश सिरोहिया मेडिसिटीको सीसीयूमा

थप उपचारका लागि धनुषा (जनकपुर)बाट काठमाडौँ ल्याइएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालको कोरोनरी केयर युनिट (सीसीयू) मा भर्ना गरिएको छ ।

नागरिकताबारे जाहेरी परेपछि काठमाडौँस्थित कान्तिपुर कार्यालयबाटै यही जेठ ८ गते पक्राउ गरी धनुषा जिल्ला प्रहरी कार्यालय लगिएका उनी हिरासतमा बसेको चार दिनपछि बिरामी भएका थिए । यही जेठ ११ गते जनकपुरमै रहेको काव्या अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत मंगलबार दिउँसो काठमाडौँ ल्याइएको हो ।

मेडिसिटी ल्याइएपछि सिरोहियाका विभिन्न परीक्षण गरिएका थिए । केही समस्या देखिएपछि स्वास्थ्य निगरानीका लागि उनलाई सीसीयूमा भर्ना गरिएको चिकित्सकहरूले बताएका छन् । उनको स्वास्थ्य अवस्थाबारे सबै रिपोर्ट आएपछि अस्पतालले औपचारिक जानकारी गराउने बताइएको छ । सिरोहियाविरुद्ध सोमबार तेस्रोपटक तीन दिनको म्याद थप गरिएको छ, जुन आज पूरा हुँदैछ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार ०९:४५

लोकप्रिय